दमौली । नवलपुरमा सम्पन्न पहिलो बालपुरीमा ओपन इनभिटेसनल तेक्वान्दो च्याम्पियनसीपमा तनहुँले आठ स्वर्ण पदक जितेको छ । तनहुँबाट प्रतिनिधित्व नौ सदस्यीय टोलीले आठ स्वर्ण पदक जित्दै तनहुँ तेस्रो भएको छ।
तनहुँ आइटिएफ तेक्वान्दो संघका अध्यक्ष आकाशचन्द्र घर्ती मगरका अनुसार आर्जु थापाले व्यक्तिगत ग्रीन बेल्ट प्याट्रनमा स्वर्ण पदक जितेका छन् ।
व्यक्तिगत व्लु बेल्ट प्याट्रन र स्प्यारिङ ६० केजीमा जेनिशा गुरुङले स्वर्ण पदक जितेकी हुन् ।
व्यक्तिगत रेड बेल्ट प्याट्रनमा मनिषा केसीले स्वर्ण पदक जितेकी छन् । मोनिका कुंवरले व्यक्तिगत ब्ल्याक बेल्ट प्याट्रन र व्यक्तिगत स्प्यारिङ ५० केजीमा स्वर्ण पदक जितेकी छन् ।
आर्यन कुमालले व्यक्तिगत ग्रीन बेल्ट प्याट्रनमा स्वर्ण, एलिसा थापाले व्यक्तिगत स्प्यारिङमा ६५ केजीतर्फ स्वर्ण पदक जितेकी छन् ।
गौरव थापाले व्यक्तगित स्प्यारिङ ३५ केजीमा रजत, मेलिसा थापाले व्यक्तिगत स्प्यारिङ ५५ केजीमा कास्य र अन्सुदेवी सेनले व्यक्तिगत स्प्यारिङ ५० केजीमा कास्य पदक जितेकी छन् ।