रवि लामिछानेसँग बयान जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रवि लामिछानेसँग बयान जारी

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०८१, बुधबार

    काठमाडौ । सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि रूपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग दोस्रो दिनको बयान सुरू भएको छ।

    मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँगको बयान नसकिएपछि बुधबार बिहान साढे १० बजेदेखि जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरू गरिएको हो।

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बयानका लागि लामिछानेलाई बिहान सवा १० बजे जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको जानकारी दिइन्।

    समय अभावका कारण मंगलबार बयान नसकिएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासतको अलग्गै कोठामा राखिएको थियो।