दमौली । नेकपा एकीकृत समाजवादी तनहुँले जिल्लामा सन्देश सभा गर्ने भएको छ। पार्टीको दशौ महाधिवेशन पश्चात् बसेको पूर्ण बैठकले महाधिवेशनको सन्देश प्रवाहका लागि जिल्ला स्तरीय सन्देश सभा पुस महिनाभित्र गर्ने निर्णय गरेको पार्टीका कार्यालय सदस्य विष्णुबहादुर खड्काले जानकारी दिए ।
त्यसका लागि प्रत्येक पालिका कमिटीलाई क्रियाशील बनाउन संयोजक र सदस्यहरु तोकिएको खड्काले बताए ।
जसअनुसार बन्दीपुरमा श्रीप्रसाद भट्टराई, आँबुखैरेनीमा मङ्गलप्रसाद श्रेष्ठ र विष्णु खड्का, भानुमा ऋषिराम पन्थ, गोविन्द अधिकारी र शिवशङ्कर पौडेल, व्यासमा मङ्गलप्रसाद श्रेष्ठ, गजेन्द्र पन्थ र रनसिंह नेपाली, म्याग्देमा सूर्यप्रसाद तिमिल्सिना, विष्णुकुमार श्रेष्ठ, शुक्लागण्डकीमा थमन आले, रामजी केसी, रीता भुजेल, दलबहादुर थापा, भिमादमा काजीमान श्रेष्ठ, कृष्णप्रसाद सिग्देल, कृष्णराज वाग्ले, मणिराज आले, मननारायण श्रेष्ठ र दुर्गा नेपाली, घिरिङमा काजीमान श्रेष्ठ र पूर्णबहादुर थापा र ऋषिङमा नरबहादुर रानाभाट, भुपाल थापा, अर्जुन थापा तोकिएका छन् ।
बैठकमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव श्रीनाथ बरालले हरेक नेता तथा कार्यकर्ता स्वच्छ र विवादरहित हुनुपर्ने बताए
बैठकमा जिल्ला कमिटी अध्यक्ष काजीमान श्रेष्ठ, पोलिटव्युरो सदस्य शङ्कर पोख्रेल, केन्द्रीय सदस्य विद्यानाथ ढकाल, केन्द्रीय सदस्य कलिला खान लगायतले पार्टीका गतिविधिका बारेमा प्रष्ट पारेका थिए।