क्यान्सर पीडित जमुनाकाे उपचारका लागि आर्थिक अभाव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    क्यान्सर पीडित जमुनाकाे उपचारका लागि आर्थिक अभाव

    खबरपुञ्ज संवाददाता

    २८ कार्तिक २०८१, बिहीबार

    दमाैली । ब्लड क्यान्सर पीडित भानु नगरपालिका-१३ पाेखरीछाप निवासी ५३ वर्षीया जमुनामाया गुरुङकाे उपचारमा आर्थिक अभाव भएकाे छ । आर्थिक अवस्था कमजाेर भएका कारण उनकाे उपचारमा समस्या भएकाे हाे ।

    गुरुङकाे उपचारमा सहयाेग गर्न उनकाे परिवारले आग्रह गरेकाे छ । निजका श्रीमान् चित्रबहादुर गुरुङले श्रीमतीकाे उपचारमा सहयाेग गरिदिन सबैलाई आग्रह गरेका छन् ।

    केही महिना यता बिरामी भएको र जाँच गर्न जाँदा उनलाई ब्लडक्यान्सर भएको पत्ता लागेको थियाे । नेपालको विभिन्न अस्पतालहरुमा उपचार हुन नसकेपछि उनलाई भारतको राजधानी दिल्ली स्थित एक अस्पतालमा रिफर गरिएकाे थियाे । पैसाको अभावमा उपचार गर्न जान नसिकएकाे निजका श्रीमान् चित्रबहादुरले बताए ।

    सहयाेगका लागि

    0050983200208001
    Jamuna maya Gurung
    sunrise bank limited Damauli branch
    9826162374 चित्र बहादुर गुरुङ