क्यान्सर पीडित गुरुङको उपचारका लागि दिलको ६ हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    क्यान्सर पीडित गुरुङको उपचारका लागि दिलको ६ हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    ३० कार्तिक २०८१, शनिबार

    दमौली । ब्लड क्यान्सर पीडित भानु नगरपालिका-१३ पोखरीछाप निवासी ५३ वर्षीया जमुनामाया गुरुङको उपचारका लागि गैरीस्वारा घर भई वैदेशिक रोजगारीमा रहेका दिल गुरुङले ६ हजार सहयोग गरेका छन् ।

    आर्थिक अभावमा उपचारमा समस्या भएपछि गुरुङले उक्त सहयोग गरेका हुन् ।

    सामाजिक अभियान्ता गल गुरुङले सार्वजनिक गरेका सहयोग अभियानमा दिल जोडिने गरेका छन् । म्याग्दे-१ बाख्रे निवासी किशोरीको उपचारका पनि उनले १० हजार सहयोग गरेका थिए ।

    गुरुङकाे उपचारमा सहयाेग गर्न उनको परिवारले आग्रह गरेकाे छ । निजका श्रीमान् चित्रबहादुर गुरुङले श्रीमतीकाे उपचारमा सहयाेग गरिदिन सबैलाई आग्रह गरेका छन् ।

    केही महिना यता बिरामी भएको र जाँच गर्न जाँदा उनलाई ब्लडक्यान्सर भएको पत्ता लागेको थियाे । नेपालको विभिन्न अस्पतालहरुमा उपचार हुन नसकेपछि उनलाई भारतको राजधानी दिल्ली स्थित एक अस्पतालमा रिफर गरिएकाे थियाे । पैसाको अभावमा उपचार गर्न जान नसिकएकाे निजका श्रीमान् चित्रबहादुरले बताए ।