रवि लामिछानेको राहदानी किर्ते सम्बन्धी मुद्दा सर्वोच्चमा पेसी चढ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रवि लामिछानेको राहदानी किर्ते सम्बन्धी मुद्दा सर्वोच्चमा पेसी चढ्यो

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०८१, सोमबार

    काठमाडौँ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी किर्ते सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पेसी तोकिएको छ। 

    न्यायाधीशद्धय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको इजलासमा पेसी रहेको छ। युवराज सफलले महान्यायाधिवक्ताको मुद्दा नचल्ने निर्णय बदर माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । 

    २०७९ चैत २० गते दायर भएको उक्त रिटमा दोस्रो सुनुवाइका लागि पेसी तोकिएको हो । उक्त मुद्दा ३० नम्बरमा पेसी रहेकाले सुनुवाइको पालो पाउने सम्भावना भने न्यून  रहेको छ।