नयॉज्योति प्राविका २६ विद्यार्थीलाई स्वीटर र मोजा वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नयॉज्योति प्राविका २६ विद्यार्थीलाई स्वीटर र मोजा वितरण

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०८१, सोमबार

    दमौली । व्यास नगरपालिका-८ संग्रामेटारस्थित नयॉज्योति प्राथमिक विद्यालयका २६ विद्यार्थीलाई सोमबार स्वीटर र मोजा वितरण गरिएको छ । दमौली निवासी युवा अभियन्ता सुदीप गफ्फारको अभियान अन्तर्गत विद्यार्थीलाई स्वीटर र मोजा सहयोग गरिएको हो ।

    ‘न्यानो अभियान’ अन्तर्गत दुई सय विद्यार्थीलाई सहयोग गर्ने लक्ष्य अनुसार यहॉका विद्यार्थीलाई स्वीटर र मोजा सहयोग गरिएको गफ्फारले बताए । स्वीटरको अभावमा चिसोका कारण विद्यालय अनुपस्थित हुने अवस्थाको अन्त्यका लागि न्यानो अभियान सञ्चासन गरिएको उनको भनाई छ।

    व्यास नगरपालिका-८ की वडाध्यक्ष युवराज गुरुङले स्वीटर वितरण गर्दै सामाजिक क्षेत्रमा सुदीपले खेलेको भूमिकाको प्रशंसा गरे । उनले युवा अभियान्ता सुदीपले गर्दै आएको कामको अन्य युवाले पनि सिको गर्नुपर्नेमा जोड दिए ।

    विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र मिश्रले स्वीटर सहयोगले विद्यार्थीलाई सहज हुने बताए । कार्यक्रममा समाजसेवी सलिम मियॉको समेत सहभागिता थियो ।

    तिहारमा भैलो खेलेर संकलित रकमबाट गफ्फारले स्वीटर वितरण अभियान थालेका हुन् । यसअघि व्यास-११ मूलपानीस्थित चण्डिका आधारभूत विद्यालयमा २४ र बन्दीपुर-१ स्थित भंगेरी आधारभूत विद्यालयमा २५ विद्यार्थीलाई सहयोग गरिसकेका छन् ।