रवि लामिछानेलाई चितवन लगियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रवि लामिछानेलाई चितवन लगियो

    खबरपुञ्ज संवाददाता

    १७ मंसिर २०८१, मंगलवार

    काठमाडौँ । सहकारी ठगी र संगठित अपराधको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि आज चितवन लगिएको छ ।

    साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन लगिएको हो ।

    उनलाई मंगलबार बिहान बुद्ध एयरको जहाज मार्फत चितवन लगिएको हो ।