ऐतिहासिक चन्द्रकोट गढीमा बन्दीपुर गाउँपालिकाको कार्यपालिका बैठक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ऐतिहासिक चन्द्रकोट गढीमा बन्दीपुर गाउँपालिकाको कार्यपालिका बैठक

    खबरपुञ्ज संवाददाता

    १७ मंसिर २०८१, मंगलवार

    दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाको कार्यपालिका बैठक चन्द्रकोट गढीमा सम्पन्न भएको छ । बन्दीपुर गाउँपालिका–५ स्थित चन्द्रकोट गढीमा यस आर्थिक वर्षको सातौं गाउँ कार्यपालिकाको बैठक सोमबार सम्पन्न भएको गाउँपालिका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।

    बन्दीपुर बजारबाट पूर्व तर्फ बाहुनभन्ज्याङ हुँदै खानीगाउँसम्म सवारी साधनमा पुगेर त्यसपछि २० मिनेट पैदल हिँडी चन्द्रकोट पुगिन्छ । यस्तै पृथ्वी राजमार्गको वडा नम्बर ५ स्थित याम्पाबाट थुम्का कोरिखा हुँदै पनि बाहुनभन्ज्याङ पुगी चन्द्रकोट पुग्न सकिन्छ ।

    पछिल्लो समय चन्द्रकोट गढीको महत्व झनै बढेको छ । इतिहासको खोज अनुसन्धान एवं अध्ययन गर्नेहरूका लागि पनि चन्द्रकोट विशेष रहेकाले यस ठाउँको प्रचारप्रसारको लागि उक्त ठाउँमा गाउँ कार्यपालिका बैठक आयोजना गरिएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

    बैठकमा ऐतिहासिक महत्वको यस चन्द्रकोट गढीलाई पर्यटन प्रबद्र्धन गर्ने, भ्रमण वर्ष २०२५ मा रूट लिंक गर्ने, पुस ७ गाउँसभा बस्ने, डुम्रे चिसोपानी र बन्दीपुरमा आउटडोर जिमको सामान राख्ने निर्णय भएको छ ।

    यस्तै आर्थिक वर्ष २०८०÷८१ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन आन्तरिक लेखा परीक्षण श्रीराम पौडेलले गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यलाई हस्तानतरण, यसअघिका बेरुजु फछ्र्यौट गर्ने बारे जानकारी र छलफल सहित अन्य निर्णयहरू पनि भएको गाउँपालिका प्रवक्ता श्रेष्ठले बताए ।

    गाउँपालिकाको पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारका लागि यसअघि पनि सिद्धगुफामा कार्यपालिका बैठक बसेको थियो । अर्को वडा नम्बर ६ को पर्यटकीय केन्द्रमा बस्ने निर्णय बैठकले गरेको छ ।