प्रथम भानु नगर महोत्सव सुरु, अध्यक्ष ढकालद्वारा उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    प्रथम भानु नगर महोत्सव सुरु, अध्यक्ष ढकालद्वारा उद्घाटन

    खबरपुञ्ज संवाददाता

    ८ पुष २०८१, मंगलवार

    दमाैली । तनहुँको भानुमा भानु नगर उद्योग वाणिज्य संघको आयोजनामा मंगलबारदेखि प्रथम भानु नगर महोत्सव सुरु गरिएको छ ।  महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गरेका छन्।

    महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले प्रथम भानु नगर महोत्सवले नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानुको साहित्यिक तीर्थस्थलको प्रवद्र्धनमा टेवा पुग्ने बताए । उनले स्थानीय स्तरमा अर्गानिक वस्तुहरुको उत्पादन बढाउनुपर्ने भन्दै उत्पादन हुने बस्तुलाई निर्यात गर्ने वातावरण बनाउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन्। 

    महोत्सव मूल आयोजक समितिका संयोजक एवं भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमित भट्टचन, प्रदेश सदस्य मंगल प्रसाद श्रेष्ठ, उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष मानकाजी श्रेष्ठ, नेपाली काङ्ग्रेस भानु नगर सभापति रामकुमार श्रेष्ठ, एमाले नगर अध्यक्ष शंकर रानाभाट लगायतले बाेलेका थिए ।

    महोत्सव सुरु हुनु अगाडि विभिन्न जातजाति र समूहले झाँकी प्रस्तुत गरेका थिए ।