दमौली । तनहुँ कबड्डी सङ्घको अध्यक्षमा हरि सिग्देल चयन हुनुभएको छ । जिल्ला खेलकुद विकास समितिको सभाहलमा बुधबार आयोजित जिल्ला अधिवेशनले सिग्देलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
सङ्घको उपाध्यक्षमा कृष्ण गिरी, सचिवमा दिपेन्द्र रानाभाट, कोषाध्यक्षमा पूर्णिमा आले, सदस्यहरुमा देउनारायण श्रेष्ठ, निरज थापा, प्रिया खाती, सुबिना गुरुङ, अनुपा सेना दिया थापा, खुस्बु थापा चयन भएका छन् । अधिवेशनबाट देउनारायण श्रेष्ठ र पूर्णिमा आले प्रदेश प्रतिनिधिमा चयन भएका छन्।
सङ्घका अध्यक्ष शशीराज अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा खेलकुद विकास समितिका अनिल पाण्डेले सम्बोधन गरेका थिए ।