दुलेगौंडा । शुक्लागण्डकीमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर ल्होसार पर्व मनाइने भएको छ । तमु ह्युल छोंज धि राष्ट्रिय परिषद् शुक्लागण्डकी नगर समितिले तीन दिने कार्यक्रम गरे मनाउन लागेको हो ।
यो वर्ष गिद्ध वर्गको विधाइ गदै सर्प वर्गको स्वागत गरेर तमु ल्होसार मनाइदैछ । तीन दिने कार्यक्रम अन्तर्गत पुस १३ गते ¥यालीसहितको साँस्कृति कार्यक्रम हुनेछ ।
दुलेगौंडाको विपीचोकबाट सुरु भएको ¥याली शुक्लागण्डकी नगरपालिकाको सभाहलमा पुगेर कार्यक्रममा परिणत हुने समितिका अध्यक्ष मनराज गुरुङले जानकारी दिए । ¥यालीमा गुरुङ समुदायको प्रचलित कला संस्कृतिको प्रदर्शन गरिनेछ । कार्यक्रममा तनहुँ २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शंकर भण्डारी, प्रदेश सभा सदस्य तनहुँ २ (क) बाट निर्वाचित श्यामराजा महत, संविधान सभा सदस्य आशा कोइरालाले सम्बोधन गर्नेछन् ।
पुस १४ गते शुक्लागण्डकीका सबै तमु समाजले सरसफाइ गरेर मनाउनेछन् । ल्होसारको दिन विहान गुरुङ समुदायका धार्मिक गुरुबाट ग्रह शान्तिसँगै शुभकामना आदनप्रदान गरेर मनाइने गुरुङले बताए । विशेष भोज पनि त्यही दिन हुनेछ । ‘ल्होसारमा खाना, संस्कृति र भेषभुषा तीन चिन प्राथमिकतामा हुन्छ’, उनले भने ।