दमाैली । जिल्ला प्रहरी कार्यालय तनहुँले गाँजा मुद्धामा फरार रहेका एक जना प्रतिवादीलाई बिहीबार पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका-२ माेहरिया बस्ने ४४ वर्षीय राजन श्रेष्ठ रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
तनहुँ जिल्ला अदालतबाट फैसला पश्चात लगत कसी हाल सम्म फरार रहेका श्रेष्ठलाई सम्बन्धित घरवतनबाट पक्राउ गरिएकाे हाे । निज विरुद्ध तनहुँ अदालतले गत कात्तिक २३ गते एक वर्ष कैद र रु दश हजार जरीवाना ताेकेकाे थियाे ।