दमौली । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भोला बहादुर रावलले शुक्रबार जिल्ला प्रहरी कार्यालय तनहुँको निरीक्षण गरेका छन् ।
रावलले कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नुका साथै विभिन्न शाखाहरु, कोतगारत, चमेना गृह, कार्यालय परिसर लगायतको निरीक्षण गरेका थिए ।
प्रहरी नायब महानिरीक्षक रावलले तनहुँ जिल्लाको शान्ति सुरक्षा लगायतको विषयमा प्रस्तुतिकरण मार्फत जानकारी लिएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बीरेन्द्र बहादुर शाहीले जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन र कार्य सम्पादनको विषयमा जानकारी गराएका थिए ।