स्वास्थ्य मन्त्री पौडेलद्वारा पूर्वराज्यमन्त्री कैनीको पुस्तक विमोचन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्वास्थ्य मन्त्री पौडेलद्वारा पूर्वराज्यमन्त्री कैनीको पुस्तक विमोचन

    खबरपुञ्ज संवाददाता

    ११ पुष २०८१, शुक्रबार

    दमौली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पूर्व राज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता अमरराज कैनीद्वारा लिखित पुस्तकको शुक्रबार विमोचन गरेका छन् ।

    दमौलीमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले कैनीद्वारा लिखित ‘आफ्नै विगत नियाल्दा, प्रजातन्त्रको सौन्दर्य र अविस्मृत विम्बहरू’ पुस्तकको विमोचन गरेका हुन् ।

    त्यसक्रममा मन्त्री पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलन, कांग्रेस पार्टीको सुदृढीकरणमा कैनीको भूमिकालाई बिर्सन नमिल्ने बताए ।   

    नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज कैनीको महत्त्वपूर्ण भूमिका रहेको मन्त्री पौडेलले बताए ।
      
    कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कंडेल लगायत सहभागी थिए ।