दमाैली । जिल्ला प्रहरी कार्यालय तनहुँले जालसाजी मुद्धामा फरार रहेका एक प्रतिवादीलाई आइतबार पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा व्यास नगरपालिका-१० बस्ने ५४ वर्षीय टिकाबहादुर दरै रहेकाे प्रहरीले जनाएकाे छ । निजलाई तनहुँ अदालतले विसं २०७२ वैशाख ३० गते दुइ सय ५० जरिवानाकाे फैसला गरेकाे थियाे । पक्राउ परेका दरैलाई आइतबार नै तनहुँ अदालत उपस्थित गराइएकाे जनाइएकाे छ ।