दमौली । तनहुँको व्यास नगरपालिका १० अधेरी भन्ज्याङस्थित जनता आधारभूत विद्यालयमा मङ्गलबार विद्यार्थीलाई स्विटर वितरण गरिएको छ । युवा अभियन्ता सुदीप गफ्फारको नेतृत्वमा विद्यालयका २० जना बालबालिकालाई स्विटर वितरण गरिएको हो।
न्यानो अभियान अन्तर्गत अभियान अभियान्ता गफ्फारले उक्त विद्यालयमा विद्यार्थीहरूलाई सहयोग गरेका हुन् । चिसो मौसममा विद्यार्थीहरूलाई विद्यालय आउन कठिनाइ नहोस् भनेर विभिन्न विद्यालयहरूमा यो अभियान सञ्चालन भइरहेको उनले जानकारी दिए।
कार्यक्रममा व्यास १० का वडाध्यक्ष खेमराज पोखरेलले सामाजिक अभियान्ता गफ्फारको अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताए ।
सोही अवसरमा ड्रिमल्यान्ड एकेडेमीका तर्फबाट विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो।