दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध मुद्धामा फरार एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका-४ बस्ने ३८ वर्षीया साइदा सना भन्ने सहिदा खान रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तनहुँ अदालतले विसं २०८० चैत ७ गते निज विरुद्ध एक महिना २६ दिन कैद फैसला सुनाएको थियो । पक्राउ परेका निजलाई मंगलबार नै अदालत उपस्थित गराइएको छ ।