बसको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बसको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १६ पुष २०८१, बुधबार

    काठमाडौं । सर्लाहीमा यात्रुवाहक बसले किचेर सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ ।जिल्लाको बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा मंगलबार राति पौने ९ बजे यात्रुवाहक बसले किचेर ड्युटीमा रहेका इन्सपेक्टर विजयकुमार तुलाधरको मृत्यु भएको हो ।

    उक्त बस अनियन्त्रित भएर पल्टिएदा इन्सपेक्टर तुलाधर किचिएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले राति पौने १० बजे मृत घोषणा गरेका थिए ।