भानुमा जबरजस्ती करणीकाे अभियाेगमा १९ वर्षीय युवा पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा जबरजस्ती करणीकाे अभियाेगमा १९ वर्षीय युवा पक्राउ

    खबरपुञ्ज संवाददाता

    १६ पुष २०८१, बुधबार

    दमाैली । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका-१३ चनौटे बस्ने १९ वर्षीय एक युवा पक्राउ परेका छन् । ती बालिकालाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले युवालाई पक्राउ गरेकाे हाे ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।