चेक अनादर मुद्धामा फरार रहेका एक जना प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चेक अनादर मुद्धामा फरार रहेका एक जना प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    १६ पुष २०८१, बुधबार

    दमाैली । चेक अनादर मुद्धामा फरार रहेका एक प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा लमजुङकाे सुन्दरबजार नगरपालिका-४ बस्ने सुरेश न्याैपाने रहेकाे प्रहरीले जनाएकाे छ ।

    निजलाई बुधबार व्यास नगरपालिका-४ भाेर्लेटारचाेकबाट पक्राउ गरिएकाे प्रहरी नायब उपरिक्षक अशाेक थापाले जानकारी दिए । तनहुँ अदालतले विसं २०८० पुस ४ गते निज विरुद्ध दुई हजार जरिवानाकाे फैसला गरेकाे थियाे । न्याैपानेलाई बुधबार नै अदालत उपस्थित गराइएकाे प्रहरीले जानकारी दिएकाे छ ।