दमाैली । बन्दिपुर केवलकारको सन्चालक संस्था बन्दीपुर हिलले बन्दीपुर केवलकारमा कुनै
पनि दुर्घटना नभएको प्रष्ट पारेको छ । शनिबार केही सन्चार माध्यममा बन्दिपुर केवलकारको डिब्बा चुँडिएको, दुर्घटना भएको भन्ने जस्ता समाचार प्रकाशित भएको भन्दै बन्दिपुर हिलले शनिबार नै विज्ञप्ति प्रकाशित गरि कुनै पनि दुर्घटना नभएको प्रष्ट पारेको छ ।
‘बन्दिपुर केवलकारको नियमित प्रोटोकल अनुसार दैनिक टावरहरुमा लगाइएका अत्याधुनिक विद्युतिय डिभाईसहरु जाँच गर्ने साथै लाईन सिफ्टमा केवलकार चलिरहेको अवस्थामा समेत जाँच गरिरहने क्रममा भेटिएका सामान्य त्रुटी सच्चाउन यात्रीहरु नचढाईकन सर्भिसिङ्ग गर्ने क्रममा टावरको प्लाटफर्म र लाईन सिभबाट रोप निकालिएको अवस्थालाई डिब्बा चुडिएको, रोप चुडिएको भन्ने गरि भ्रमात्मक समाचार बन्न पुगेकोमा, सुचना सम्प्रेशन गर्ने क्रममा यात्री रहित रुपमा
जाँच गर्दा प्लाट फर्म तल झरे जस्तो मात्र देखिएको र कुनै प्रकारको दुर्घटना तथा क्षती नभएको सुचित गर्न चाहन्छौं ।’ बन्दिपुर हिलले प्रकाशित गरेको विज्ञप्तिमा जनाईएको छ ।
कम्पनीका सचिवद्वारा विज्ञप्तिमा बन्दीपुर केवलकार सामुदायिक उद्यमको नमुना भएको
हुदाँ सधै सचेत तथा सुरक्षित सेवाको लागि प्रतिवद्ध रहेको जनाइएको छ ।