महिला सशक्तीकरण सञ्चार समाजको अध्यक्षमा अञ्जु दाहाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महिला सशक्तीकरण सञ्चार समाजको अध्यक्षमा अञ्जु दाहाल

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०८१, सोमबार

    दमौली । महिला सशक्तीकरण सञ्चार समाज तनहुँको अध्यक्षमा अञ्जु दाहाल चयन भएकी छन् । सोमबार दमौलीमा सम्पन्न साधारण सभाले दाहालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

    समाजको प्रथम उपाध्यक्षमा अस्मिता खनाल, द्वितीय उपाध्यक्षमा बिमला दवाडी, सचिवमा सुनिता आचार्य, कोषाध्यक्षमा शिला वाग्ले र सहसचिवमा सावित्रा कोइराला चयन भएका छन् । समितिको सदस्यहरुमा भूमिका आले मनिता पन्थ, बिन्दु नैनाबस्ती, मुन्नी खातुन र गोमा तिवारी चयन भएका छन्

    त्यस्तै समितिको सल्लाहकारमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य एवम् पूर्व अध्यक्ष प्रदीप काफ्ले, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारी (डिपी), र समाजकी सस्थापक अध्यक्ष प्रकृति खनाल चयन भएका छन् ।

    जिल्लामा क्रियाशिल सञ्चारकर्मी तथा सञ्चारसम्वद्ध संघसंस्थामा आवद्ध महिलाहरुको हक हितका लागि काम गर्ने उद्देश्यले महिला सशक्तीकरण संचार समाज तनहुँको स्थापना गरिएको सस्थापक अध्यक्ष खनालले जानकारी दिइन् । सञ्चार क्षेत्रमा लागेका सम्पूर्ण महिलाहरूको पेसागत तथा कार्यक्षमता अभिवृद्धिमा गराउन संस्था गठन गरिएका हो ।