दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ बेलभन्ज्याङमा मंगलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।
दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको ग प्र ००३-००१ प ०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
मृत्यु हुनेमा तनहुँको ऋषिङ गाउँपालिका-६ चालिसे घर भई हाल व्यास नगरपालिका-५ पाटन बस्ने १९ वर्षीय सन्दिप आले र ४० वर्षीया मधुमाया आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए । मृतक आमाछोरा रहेको थापाले बताए ।
सवारी चालकले नियन्त्रण गुमाई सडकको बॉयातर्फको कल्भर्टमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको प्रनाउ थापाले बताए ।