दमौली हुँदै पोखरा लगिएको उट भारत फिर्ता पठाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली हुँदै पोखरा लगिएको उट भारत फिर्ता पठाइने

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०८१, बिहीबार

    दमौली । गह्रौं भारी बोकाएर हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ लैजाँदै गरेको ऊँटको उद्धार गरी भारत पठाइने तयारी भएको छ । पोखराको लेखनाथमा एउटा ऊँटलाई गह्रौं भारी बोकाएर पहेंलो बस्त्र लगाएका दुई व्यक्तिले मुक्तिनाथ लैजाने तयारी गरिरहेको विषयमा सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो ।

    केही दिनअघि पोखराको लेखनाथमा देखिएको ऊँटलाई एनिमल नेपाल, एनिमल लभर्स ग्रुप र प्रहरीले खोजी गरिरहेको थियो । मंगलबार बेलुकी ५ बजेतिर कास्की र तनहुँ जिल्लाको सिमाना कोत्रेमा एनिमल नेपाल र प्रहरी टोलीले ऊँट फेला पारेको हो ।

    त्यहाँबाट ऊँटलाई इलाका प्रहरी कार्यालय बेलचौताराले राखेको थियो । बुधबार भने ऊँटलाई भारत फर्काइएको एनिमल नेपालका सुपरभाइजर देवराज उपाध्यायले बताए ।

    बुधबार नै तनहुँ बेलचौतारा इलाका प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर आएपछि मात्र त्यसलाई फिर्ता पठाउन मिल्छ भनेपछि हामीले दमौली जिल्ला प्रशासन कार्यालय पुगेर ऊँटलाई भारी नबोकाई भारत फिर्ता पठाउन सिफारिस बनाइदिन अनुरोध गर्‍यौं,’ उनले भने ।

    जिल्ला प्रशासन कार्यालयको सिफारिसपछि बुधबार २ बजे ऊँटलाई भारत फिर्ता पठाइएको छ। ऊँटलाई बेलचौताराबाट दमौली, मुग्लिङ, नारायणघाट, हेटौंडा र रक्सौल हुँदै भारत पुर्‍याइने उपाध्यायले जानकारी दिए ।