प्रेस चौतारी पत्रकारिता पुरस्कार श्रेष्ठलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रेस चौतारी पत्रकारिता पुरस्कार श्रेष्ठलाई

    खबरपुञ्ज संवाददाता

    १० माघ २०८१, शुक्रबार

    दमौली । प्रेस चौतारी नेपाल तनहुँ शाखामा स्थापित प्रेस चौतारी पत्रकारिता पुरस्कार शाखाका पूर्व अध्यक्ष त्रिभुवन श्रेष्ठलाई प्रदान गरिने भएको छ । शाखाको बिहीबार सम्पन्न बैठकले शाखामा स्थापित उक्त पुरस्कार पूर्व अध्यक्ष श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको हो ।

    उक्त पुरस्कार शाखाको आगामी माघ २२ गते स्थापना दिवसका अवसरमा आयोजना हुने जिल्ला अधिवेशनका क्रममा प्रदान गर्ने निर्णय भएको शाखा सचिव ऋषिकान्त दुवाडीले जानकारी दिए । उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ ।

    प्रेस चौतारीले मरेर बाँचेकाहरु र अन्तिम सन्देश नामक वृत्तचित्र प्रदर्शन गरेर बेचेको रकमबाट रु एक लाखको पत्रकारिता अक्षयकोष स्थापना गरेको थियो । उक्त कोषको व्याजबाट प्रत्येक वर्ष एक जना क्रियाशील पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ ।

    यसअघि उक्त पुरस्कारबाट वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, नारायण खड्का, बसन्ती बास्तोला, कृष्ण न्यौपाने पुरस्कृत भइसेकका छन् ।