जेसिआइ व्यास नगरको ३१औँ पदस्थापना सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जेसिआइ व्यास नगरको ३१औँ पदस्थापना सम्पन्न

    खबरपुञ्ज संवाददाता

    १२ माघ २०८१, आईतवार

    दमाैली । जेसिआइ व्यास नगरको ३१औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रममा जेसिज वर्ष २०२४का अध्यक्ष नबिन पुरीले नव निर्वाचित २०२५का अध्यक्ष सुमित ढुंगानालाई चेन लगाउदै जेसिजको विधि, विधान अनुसार अध्यक्षको आसनमा बसाएर पद हस्तान्तरण गरेका थिए । सोही समारोहमा विभिन्न विधामा अवार्ड तथा पुरस्कार पनि वितरण गरिएको छ ।

    कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ढुंगानालाई निवर्तमान अध्यक्ष पुरीले सपथ ग्रहण गराएका थिए भने निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष ढुंगानाले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले विधिको शासन प्रबद्र्धन तथा युवा शसक्तिकरणमा जेसिजले महत्वपुर्ण योगदान पु¥याएको बताए ।

    जेसिजले नेतृत्व बिकाससँगै समाज रुपान्तरणमा पनि योगदान गरेको भन्दै न्यौपानेले आभार व्यक्त गरे । साथै व्यास नगर साइनिङ स्टार कार्यक्रम मार्फत जेसिआई व्यासनगरले युवा अवस्थामा प्रवेशको तयारीमा रहेका बालबालिकालाई सामाजिककरण गर्न सहयोग गरेको बताउदै उनले भने “जेसिजले नेतृत्व हस्तान्तरण र सामाजिकिकरणको उत्कृष्ट अभ्यास गरिरहेको छ सबैले यसको अनुशरण गर्नुपर्छ।“

    कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्रले जेसिजले सामाजिक रुपान्तरणको अभियानमा महत्वपुर्ण योगदान गरेको बताए । जेसिजका हरेक गतिविधिले समाजमा राम्रो प्रभाव पारेको बताउदै उनले सामाजिक रुपान्तरणमा संस्था सफल देखिएको उनको भनाइ थियो । जेसिजको मुल्य मान्यतालाई सबै नेतृवकर्ताले अनुशरण गर्न समेत उनले अनुरोध गरे ।

    सोही क्रममा निरुपित राष्ट्रिय उपाध्यक्ष अभिषेक दुलालले जेसिजका सिद्धान्त र मान्यताले युवाहरुमा राम्रो प्रभाव पारेको बताए । साथै जेसिजको मान्यता र आदर्शलाई अङ्गीकार गरे समाज सहि दिशामा अघि बढने उनको धारणा थियो । देशैभर नेतृत्व बिकास र मानवीय सेवामा जेसिजले खेलेको भुमिकाको उनले चर्चा गरेका थिए ।

    कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति एवम् संस्थाका पूर्व अध्यक्ष देबकुमार श्रेष्ठ, एमाले नेता श्रीराम कार्की, पूर्व अध्यक्ष एवम् क्षेत्र ख सम्मेलन निर्देशक सुरेश पुरी, पोखरा जेसिजका अध्यक्ष भाइराजा रानामगर, शुक्लागण्डकी जेसिजका अध्यक्ष प्रकाश बिक, व्यास नगर साइनिङ स्टार १०औं संस्करणकी बिजेता सलिस्मा बिसि लगायतले मन्तव्य राखेका थिए ।

    कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ढुंगानाले आगामी कार्ययोजना प्रस्तुत गर्दै आफ्नो कार्यकालमा विधिको शासन, मानवीय सेवा र बन्धुत्वको भावना आत्मसाथ गर्दै संस्थालाई उत्कृष्ट बनाउने प्रतिवद्धता व्यक्त गरे। सो अवसरमा जेसिज बर्ष २०२४ सफल बनाउन उत्कृष्ट कार्यसम्पादन गर्ने बोर्डका पदाधिकारीलाई विभिन्न अवार्डबाट सम्मानित गरिएको थियो । सम्मानित हुनेमा वृद्धि सभापति डिक्सन मल्ल, सहकोषाध्यक्ष शंकर ज्ञवाली, पूर्व अध्यक्ष सुरेश पुरी, कृष्ण सुनार र सक्रिय सदस्य खगेन्द्र सुवेदी छन् ।

    कार्यक्रमको पहिलो सत्र बर्ष २०२४का अध्यक्ष पुरीको अध्यक्षतामा र दोस्रो सत्र बर्ष २०२५का अध्यक्ष ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बर्ष २०२३का अध्यक्ष राजु रानाले स्वागत गरेका थिए भने जेसिज आस्था पाठ शाखा सम्पादक बिनोदकुमार गोशेलीले गरेका थिए ।पहिलो सत्रको कार्यक्रम बर्ष ०२४का महासचिव सनम अधिकारी र दोस्रो सत्र बर्ष २०२५का महासचिव रबि भुजेलले सञ्चालन गरेका थिए । सोही अवसरमा संस्थाको डायरी समेत विमोचन गरिएको थियो ।