गोकर्णेश्वर नगरपालिकाद्वारा मातापिता आश्रम निर्माणार्थ पाँच लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गोकर्णेश्वर नगरपालिकाद्वारा मातापिता आश्रम निर्माणार्थ पाँच लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    १२ माघ २०८१, आईतवार

    दमौली । देवघाटमा निर्माणाधीन मातापिता आश्रमका लागि काठमाडौको गोकर्णेश्वर नगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ । देवघाट गाउँपालिका–५ मा निर्माणाधीन मातापिता आश्रमका लागि नगरपालिकाले आइतबार उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।   
      
    उक्त नगरपालिकाका प्रमुख दीपककुमार रिसालले देवघाटमा जारी महोत्सवमा उपस्थित भइ महोत्सवका सङ्कल्पकर्ता ईश्वरकृष्ण महाराजलाई रु पाँच लाखको चेक हस्तान्तरण गरेका हुन्।

    नगरप्रमुख रिसालले देवघाट, मुक्तिनाथ, पशुपतिनाथ, गोकर्णजस्ता धार्मिक स्थलहरूमा आन्तरिक मात्र नभई बाह्य पर्यटकसमेत भित्र्याउनका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।   
      
      वृद्ध मातापिताको सेवा गर्ने हेतुले परिकल्पित मातापिता आश्रममा तीन सय ६५ कोठा निर्माण गरिनेछ । महोत्सवमा अखण्ड हरिनाम सङ्कीर्तन, श्रीमद्भागवत महापुराण पाठपारायण, एक अर्ब रामनाम लेखन, र दीप प्रज्वलनजस्ता धार्मिक कार्यक्रम जारी छन् ।   
      
    –––