किसानलाई व्यावसायिक बनाउन तालिम दिँदै बाख्रा अनुसन्धान केन्द्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    किसानलाई व्यावसायिक बनाउन तालिम दिँदै बाख्रा अनुसन्धान केन्द्र

    खबरपुञ्ज संवाददाता

    १३ माघ २०८१, सोमबार

    दमौली । तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रमा आइतबारदेखि राष्ट्रिय स्तरको बाख्रापालन तालिम सुरु भएको छ । केन्द्रको आयोजनामा सुरु भएको तालिम माघ २० गतेसम्म सञ्चालन हुनेछ । तालिममा सात वटै प्रदेशबाट २० जना व्यावसायिक कृषकको सहभागिता रहेको छ ।

    आवासीय तालिम अन्तर्गत किसानहरूलाई प्रयोगात्मक विधिहरू मार्फत् बाख्रापालन सम्बन्धी विभिन्न ज्ञान प्रदान गरिने केन्द्रका प्रमुख डा. राजु कंडेलले जानकारी दिए । तालिममा रोग भ्याक्सिन, दाना व्यवस्थापन, प्रजनन विधि, र खोरको व्यवस्थापन लगायतका विषयमा व्यावहारिक अभ्यास गराइने उनले उल्लेख गरे ।

    तालिमले किसानहरूलाई नयाँ ज्ञान र सीप प्रदान गरी उनीहरूको व्यवसायलाई अझै प्रभावकारी बनाउने विश्वास लिइएको उनको भनाई छ ।

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले कृषिलाई व्यावसायिक रूपमा अगाडि बढाउन सके कृषकहरूले राम्रो आम्दानी गर्न सक्ने बताए ।

    केन्द्रले बाख्रा र बाख्रासँग सम्बन्धित अनुसन्धान कार्य र प्रविधि विकास तथा उन्नत र स्थानीय जातका प्रजनन् योग्य बोका, पाठी तथा घाँस बेर्ना वितरणका साथै स्थानीय जातको संरक्षण गर्दै आएको छ ।