दमाैली । व्यास नगरपालिकामा माघ २२ गतेदेखि छात्राहरुलाई एचपिभी खोप लगाउन सुरु गरिने भएको छ । नगरपालिकाभित्रका १४ वटै वडाका विद्यालयमा पुगेर विद्यालय जाने तीन हजार आठ सय ९८ र विद्यालय नजाने दश छात्राहरुलाई यो खोप लगाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
कक्षा छ देखि १० कक्षासम्म अध्ययनरत (विद्यालय जाने) र १० देखि १४ वर्षसम्मका (विद्यालय नजाने) छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालन गर्न लागिएको सोतीले जानकारी दिए ।
खोप अभियान सञ्चालन गर्नका लागि सबै स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रदान गरिसकिएको छ ।
वडा नम्बर १ मा छ, वडा नम्बर २ मा चार, वडा नम्बर ३ मा तीन, वडा नम्बर ४ मा चार, वडा नम्बर ५ मा छ, वडा नम्बर ६ मा चार, वडा नम्बर ७ मा चार, वडा नम्बर ८ मा एक, वडा नम्बर ९ मा दुई, वडा नम्बर १० मा चार, वडा नम्बर ११ मा पाँच, वडा नम्बर १२ मा पाँच, वडा नम्बर १३ मा तीन र वडा नम्बर १४ मा एक खोप केन्द्र रहेका छन् ।