दमाैली । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहँुले व्यास नगरपालिका–१ तालघरेबाट मदिरा बनाउन प्रयोग हुने मर्चा बरामद गरी नष्ट गरेको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत तालघरे खण्डमा सवारी साधन जाँचका क्रममा ग १ च ८६८१ नम्बरको जीपबाट १७ बोरा मर्चा फेला पारी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको धनराज खड्गीले चलाएको जीपलाई जाँच गर्दा अवैध रुपमा बोरामा हाली ल्याएको मदिरा बनाउन प्रयोग हुने १७ बोरा मर्चा बरामद गरी नष्ट गरिएको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए। उनका अनुसार पाँच सय ९ किलो मर्चा नष्ट गरिएको छ ।
व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप रानाको उपस्थिति र जीप चालकको रोहबरमा उक्त मर्चा माटोले पुरी नष्ट गरिएको प्रनाउ थापाले बताए।