पराशर माविमा २ लाख ५ सय ५५ को जुन नारायण सुनमाया छात्रवृत्ति अक्षय कोष स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पराशर माविमा २ लाख ५ सय ५५ को जुन नारायण सुनमाया छात्रवृत्ति अक्षय कोष स्थापना

    खबरपुञ्ज संवाददाता

    १४ माघ २०८१, मंगलवार

    दमौली। व्यास नगरपालिका-५ पाटनस्थित पराशर माध्यमिक विद्यालयमा दुई लाख पॉच सय ५५ को छात्रवृत्ति अक्षय कोष स्थापना भएको छ। विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं निर्माण व्यवसायी सङ्घ तनहुँका पूर्व अध्यक्ष समेत रहेका छोराहरू कृष्ण नारायण श्रेष्ठ तथा ईश्वरनारायण श्रेष्ठ एवं बुहारीहरू अमृता आले र चन्द्रकला श्रेष्ठले यसअघि नै स्थापित अक्षय कोषमा रु १ लाख ५० हजार थप गरी उक्त छात्रवृत्ति अक्षय कोष स्थापना गरेका हुन् ।

    अक्षय कोष दाता परिवारको तर्फबाट कृष्णनारायण श्रेष्ठले  थप १ लाख ५० हजार रकम विद्यालयको ३३ औँ वार्षिक उत्सवको अवसरमा विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले जानकारी दिए । उक्त अक्षकोषबाट प्राप्त व्याज विद्यालयका गरिब तथा जेहनदार विद्यार्थीहरूलाई वितरण गरिनेछ।