दमाैली । विदेशबाट फर्किएका नेपालीहरूको हकहितका निम्ति काम गरिरहेको संस्था रिटर्नी फेडेरेसन नेपाल तनहुँको अध्यक्षमा सुदिप पौडेल निर्वाचित भएका छन् । दमौलीमा मङ्गलबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
गठित समितिको उपाध्यक्षद्वयमा मनोज भुजेल र याम बहादुर पाटा मगर, सचिवमा लालप्रसाद तिमल्सेना, उपसचिवमा अर्जुन बहादुर अधिकारी र पदम प्रसाद बगाले, सदस्यहरुमा रमेश अधिकारी, मन बहादुर कुमाल, कृष्ण बहादुर थापा र मिन बहादुर पाटा मगर निर्वाचित भएका छन् ।
कार्यक्रममा रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय उपाध्यक्ष डा. शालिकराम बसेल, नेकपा (एमाले) तनहुँका अध्यक्ष हरिराज कंडेल, रिटर्नी फेडरेसन नेपालकी केन्द्रीय उपाध्यक्ष अर्चना बस्नेत, सचिव बुद्धि सुवेदी, केन्द्रीय सदस्य विष्णुहरी भूगाई, नेकपा (एमाले) जिल्ला कमिटी सचिव प्रदिपराज अधिकारी, उपसचिव खिमबहादुर कुमाल लगायतले बाेलेका थिए ।
रिटर्नी फेडरेसन नेपाललाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नो जनवर्गीय सङ्गठनको रूपमा अङ्गिकार गरेको छ । संस्थाले विदेशबाट फर्किएका नेपालीहरूको ज्ञान, सीप, दक्षता र पुँजीलाई सङ्गठित गर्दै सामाजिक, आर्थिक र राजनैतिक भविष्यलाई स्थापित गर्न क्रियाशील रहेको छ ।