दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता रमेश प्रसाईले पार्टीमा बेथिति गर्ने छुट नभएको बताएका छन् । रास्वपा म्याग्देको बिहीबार आयोजित भेलालाई सम्बोधन गर्दै प्रसाईले रास्वपामा बेथितिको सोच सहित कोही आए त्यस्तालाई कांग्रेस एमालैमै फिर्ता गरिने उनले बताए ।
रास्वपाभित्र कुनै गुट नरहेको र आगामी दिनमा पनि गुट नबन्ने उनले दावी गरे । उनले भने, ‘पार्टीको केन्द्रीय समितिमा गुट बनेको छैन र नबन्ने हामी जिम्मा लिन्छौ ।’ पार्टीभित्र वैचारिक प्रतिस्पर्धा भने आवश्यक रहेको उनको भनाइ थियो ।
पार्टीभित्र अग्रजको सम्मान गर्दै युवा पुस्तालाई प्राथमिकता दिने प्रसाईले बताए ।
भेलामा पार्टीका केन्द्रीय सदस्य एवं सांसद हरि ढकाल, शिव नेपाली, गण्डकी प्रदेश सभापति राजन गौतम लगायतले सम्बोधन गरेका थिए ।