प्रदेश अधिवेशनका लागि नेकपा (एकीकृत) समाजवादीका प्रतिनिधि छनोट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रदेश अधिवेशनका लागि नेकपा (एकीकृत) समाजवादीका प्रतिनिधि छनोट

    खबरपुञ्ज संवाददाता

    १६ माघ २०८१, बिहीबार

    दमाैली । नेकपा (एकीकृत) समाजवादी गण्डकी प्रदेशको माघ २६ र २७ गते पोखरामा हुने प्रथम अधिवेशनका लागि तनहुँबाट प्रतिनिधि छनोट गरिएको छ ।

    तनहुँका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एकैदिन आज आयोजित भेलाले प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गरेको हो ।

    प्रतिनिधि सभा क्षेत्र नम्बर १ को दमौली र प्रतिनिधिसभा क्षेत्र नम्बर २ को भिमादमा आयोजित भेलाले प्रतिनिधि छनोट गरेको सो पार्टीका तनहुँ इन्चार्ज एवं केन्द्रीय सदस्य विद्यानाथ ढकालले जानकारी दिए ।

    क्षेत्र नम्बर १ बाट मङ्गलप्रसाद श्रेष्ठ, गजेन्द्र पन्थ, गोविन्द अधिकारी, रनसिं नेपाली, श्रीप्रसाद भट्टराई र मनिमा राई चयन भएका छन् ।

    क्षेत्र नम्बर २ बाट भूपाल थापा, अमृत थापा, विष्णुकुमार श्रेष्ठ, पूर्णबहादुर थापा, रामबहादुर थापा, मननारायण श्रेष्ठ, कमानसिं दमाई, पवित्रा सुनार र मजदुर क्षेत्रबाट लालबहादुर पन्थ प्रतिनिधि छनोट भएका छन् ।

    प्रदेश कमिटी साथै केन्द्रीय प्रतिनिधि परिषद् सदस्य आयोजकका हिसाबले स्वतः प्रतिनिधि हुने व्यवस्था भएकाले सो अधिवेशनमा तनहुँबाट कूल २५ जना प्रतिनिधिहरूको सहभागीता रहने ढकालले बताए ।

    अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने कार्यक्रम रहेको छ ।