दमाैली । नेशनल प्याब्सन तनहुँले आयोजना गरेको अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिताको दमौली पब्लिक बोर्डिङ स्कूलले जितेको छ । नेशनल प्याब्सनले शुक्रबार दमौलीमा आयोजना गरेको प्रतियोगितामा १४ विद्यालयलाई पछि पार्दै दमौली पब्लिकले उपाधि जितेको हो ।
प्रतियोगितामा न्यू मनकामना बोर्डिङ स्कूल द्वितीय, दमौली सेकेण्डरी स्कूल तृतीय भएको छ भने लर्डबुद्ध एकेडेमी, तनहुँ ज्ञानगङ्गा बोर्डिङ स्कूल र लालीगुराँस विद्या सागर बोर्डिङ सान्त्वना भएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई रु १६ हजार, द्वितीय हुनेलाई रु दश हजार, तृतीय हुनेलाई रु आठ हजार र सान्त्वना हुने तीन विद्यालयलाई दुई÷दुई हजार नगद पुरस्कार प्रदान गरिएको नेशनल प्याब्सनका अध्यक्ष विशेश्वर खनालले जानकारी दिए। विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभा प्रस्फूटन गर्ने उद्धेश्यसहित प्रतियोगिता आयोजना गरिएको उनकाे भनाइ थियो । प्रतियोगितामा नेशनल प्याब्सनसँग आबद्ध १५ विद्यालयका विद्यार्थीको सहभागिता थियो ।
तस्बिर : तनहुँ तरङ्ग