दमाैली । व्यास नगर मेयर कप व्याडमिन्टन प्रतियोगिताको उपाधि विपीन घले र विश्वास विकको जोडीले जितेको छ । व्यास नगर व्याडमिन्टन क्लवको आयोजनामा आज सम्पन्न फाइनल खेलमा अनिल श्रेष्ठ र कमल श्रेष्ठको जोडीलाई पराजित गर्दै घले र विकको जोडी प्रथम भएको हो ।
प्रतियोगितामा राम मल्ल र मनोहर कार्की तथा लक्ष्मण मल्ल र राजकुमार श्रेष्ठको जोडी सान्त्वना भएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ४० हजार, द्वितीय हुनेलाई रु २० हजार र सान्त्वना हुनेलाई रु दश हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
त्यस्तै सि लेबलतर्फ खिम गुरुङ र डिबी गुरुङको जोडी प्रथम भएको छ । प्रतियोगतामा विनोद श्रेष्ठ र अनुज श्रेष्ठको जोडी द्वितीय भएको छ भने सुरेश गुरुङ र नितेश थापा तथा सुमन श्रेष्ठ र सर्जन थापाको जोडी सान्त्वना भएको छ ।
सि लेबलतर्फ प्रथम हुनेलाई रु ३० हजार, द्वितीय हुनेलाई रु १८ हजार र सान्त्वना हुनोलई रु छ हजार नगद पुरस्कार प्रदान गरिएको प्रतियाेगिता संयाेजक सुरेश गुरुङले जानकारी दिए ।
विद्यालय तर्फ मौसम राना र रसिम मल्लको जोडी प्रथम भएको छ भने आलोक थापा र विश्वास थापाको जोडी द्वितीय भएको छ । प्रथम हुनेलाई रु दश हजार र द्वितीय हुनेलाई रु पाँच हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
विजेतालाई व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे, व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप राना, व्यास नगरपालिका-९ का वडाध्यक्ष सुरेश थापाले पुरस्कार वितरण गरेका थिए । कार्यक्रम क्लवका अध्यक्ष एवं व्यास नगरपालिका-६ का वडाध्यक्ष जीवन गुरुङकाे अध्यक्षतामा भएकाे थियाे ।