पोखरामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखरामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २६ माघ २०८१, आईतवार

    पोखरा । पोखराको लेकसाइडमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको निधन भएको छ । लेकसाइडमा बिहान १ बजे दुर्घटना हुँदा मोटरसाइकल चालक कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र पछाडि सवार सिमलचौरका २१ वर्षीय सुजल अधिकारीको निधन भएको हो । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाशदीप जिसीका अनुसार लेकसाइडबाट सहिद चोकतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भइ स्ट्रिट नम्बर-३ नजिकै सोलार पोलमा ठोक्किन पुगेको थियो ।

    टाउकोमा गम्भीर चोट लागेका दुवैको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । चिकित्सकले बिहान २:२० बजे दुवैलाई मृत घोषणा गरेका थिए ।