दमौली । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडद्वारा प्रर्वद्धन गरिएको बन्दीपुर केबलकार एक दिन बन्द हुने भएको छ ।
सुरक्षित एवं गुणस्तरीय केबलकार सेवा प्रदान गर्दै आएकामा केबलकार सेवालाई थप सुरक्षित बनाउन केबलकारको नियमित प्रोटोकल अनुसार मासिक रुपमा अनुगमन, जाँच तथा मर्मत सम्भारको कार्य प्रत्येक महिनाको अन्तिम मंगलबार हुने भएकोले माघ २९ गते मंगलबार केबलकारको सेवा बन्द रहने कम्पनीले जनाएको छ ।
स्काई साईकिलिङ्ग, जिपलाईन र ड्राईभ ईन रेस्टुरेण्टको सेवा भने नियमित रुपमा सञ्चालनमा रहेको जनाइएको छ ।