राष्ट्रपति रनिङशिल्ड : छात्र भलिबलको उपाधि शुक्लागण्डकीलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    राष्ट्रपति रनिङशिल्ड : छात्र भलिबलको उपाधि शुक्लागण्डकीलाई

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०८१, आईतवार

    दमौली । जिल्ला खेलकुद विकास समिति तनहुँद्वारा आयोजित १६ औ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा छात्रतर्फको भलिबलको उपाधि शुक्लागण्डकी नगरपालिकाले जितेको छ।

    आइतबार सम्पन्न फाइनलमा व्यास नगरपालिका हराउँदै शुक्लागण्डकीले उपाधि जितेको हो।

    शुक्लागण्डकीले व्यासलाई ३-२ सेटमा हराएको हो । शुक्लागण्डकीले पहिलो, तेस्रो र पॉचौ सेट जितेको हो ।

    शुक्लागण्डकीले २५-१७, २०-२५, २५-२२, १७-२५ र १५-१२ ले जितेको हो।

    शुक्लागण्डकी नगरपालिका भिमादलाई हराउँदै र व्यास नगरपालिका ऋषिङलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।