तनहुँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि शुक्लागण्डकीलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि शुक्लागण्डकीलाई

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०८१, आईतवार

    दमाैली । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा आज सम्पन्न १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि शुक्लागण्डकी नगरपालिकाले जितेको छ ।

    प्रतियोगितामा कूल १८ पदक जित्दै शुक्लागण्डकी नगरपालिकाले रनिङशिल्डको उपाधि जितेको छ । शुक्लागण्डकी नगरपालिकाले आठ स्वर्ण, छ रजत र चार कास्य पदक जितेको छ।

    त्यस्तै व्यास नगरपालिका २० पदक जित्दै द्वितीय भएको छ । व्यास नगरपालिकाले आठ स्वर्ण, पाँच रजत र सात कास्य पदक जितेको छ। बन्दीपुर गाउँपालिका तीन स्वर्ण, दुई रजत जित्दै तृतीय भएको छ ।

    प्रथम हुने शुक्लागण्डकी नगरपालिकालाई रनिङशिल्ड, ट्रफी प्रदान गरिएको छ भने द्वितीय र तृतीय हुने क्रमशः व्यास र बन्दीपुरलाई ट्रफी प्रदान गरिएको छ ।

    विजेतालाई व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे लगायतले पुरस्कार वितरण गरेका थिए । शनिबारदेखि सुरु प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, कराँते लगायतका खेल सञ्चालन गरिएको थियो ।