जेसीआइ व्यास नगरका निवर्तमान अध्यक्ष पुरी एरिया बि कोर्डिनेटर मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जेसीआइ व्यास नगरका निवर्तमान अध्यक्ष पुरी एरिया बि कोर्डिनेटर मनोनित

    खबरपुञ्ज संवाददाता

    ४ फाल्गुन २०८१, सोमबार

    दमौली । नेपाल जेसीजका अध्यक्ष रजनी थापाले जेसीआइ व्यास नगरका निवर्तमान अध्यक्ष नवीन पुरीलाई नेशनल पिआरओ कमिटी, एरिया बी को कोर्डिनेटर पदमा मनोनित गरेकी छन् ।

    थापाले नेपाल जेसीजको विधान परिच्छेद ८ को धारा ८.४ बमोजिम पुरीलाई उक्त पदमा मनोनित गरेकी हुन् । पुरी जेसीआइ व्यास नगरका २०२४ का अध्यक्ष हुन् ।

    थापाले नेपाल जेसीज वर्ष-२०२५ को जेसीज अभियानलाई सार्थक परिणाम सहित उच्च स्थानमा पुऱ्याउन अहम् भूमिकाको अपेक्षा सहित पुरीलाई बधाई दिएकी छन् ।