दमौली । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा तनहुँमा विविध कार्यक्रम हुने भएको छ। जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा आइतबार बसेको सरोकारवालाको बैठकले दिवसका अवसरमा विविध कार्यक्रम गर्ने निर्णय गरेको हो ।
दिवसका अवसरमा फागुन ६, ७ र ८ गते सॉझ सबै सरकारी कार्यालय, गैर सरकारी कार्यालय, राजनीतिक दलका कार्यालयमा दीप प्रज्वलन गर्ने निर्णय भएको छ ।
त्यस्तै फागुन ६ गते व्यास पराशर क्षेत्र, अनसन चौतारी, खेलमैदानमै सरसफाई गरिनेछ । फागुन ७ गते प्रभातफेरि, सहिदप्रति माल्यार्पण, झण्डोत्तोलन, सोही दिन निशुल्क स्वास्थ्य परीक्षण गरिने भएको छ ।
यसैगरी फागुन ८ गते रक्तदान कार्यक्रम गरिने जिल्ला समन्वय समिति तनहुँले जनाएको छ ।