पत्रकार आचार्य कजाकिस्तान प्रस्थान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रकार आचार्य कजाकिस्तान प्रस्थान

    खबरपुञ्ज संवाददाता

    ४ फाल्गुन २०८१, सोमबार

    दमौली । युनेस्को संघसंस्था तथा क्लवहरुको प्रथम विश्व युवा सम्मेलनमा  भाग लिन पत्रकार सुनिता आचार्य कजाकिस्तान प्रस्थान गरेकी छन् ।

    युनेस्को र युनेस्को विश्व महासंघको आयोजना तथा युनेस्को महासंघ कजाकिस्तान, युनेस्को आयोग कजाकिस्तान र फ्रान्सको सहकार्यमा आयोजना हुने विश्व सम्मेलनमा भाग लिन आचार्य कजाकिस्तान प्रस्थान गरेकी हुन् ।

    यही फेब्रुअरी १८-२० सम्म कजाकिस्तानको अल्माटीमा आयोजना हुने प्रथम विश्व युवा सम्मेलनमा आचार्यले युनेस्को महासंघ नेपालबाट प्रतिनिधित्व गर्दैछिन् ।

    विश्वका ६० भन्दा बढी देशका युवाहरुको सहभागिता रहने कार्यक्रममा आचार्य नेपालकी एक मात्र प्रतिनिधि हुन् ।

    सम्मेलनमा विश्वका युनेस्कोमा आवद्ध सबै रिजनका प्रतिनिधि, आयोगका प्रतिनिधि तथा फरक-फरक क्षेत्रमा काम गरिरहेका युवाहरुको सहभागितामा युनेस्कोको आगामी कार्यदिशाका बारेमा छलफल हुनेछ ।

    साथै शिक्षा, सूचना प्रविधि तथा आमसंचार, जलवायु परिवर्तन,वातावरणीय स्थायित्व, समावेशी समाज, वाक स्वतन्त्रता, सांस्कृतिक विविधता, सम्पदाहरुको संरक्षण लगायतका विषयमा छलफल हुनेछ । आचार्यले सुचना प्रविधिले ल्याएको अवसर र चुनौतीका बारेमा प्रस्तुति समेत दिनेछिन् ।