दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडा सचिव नविन भुषालमाथि कुटपिट गरेको अभियोगमा वडाध्यक्ष बलबहादुर गुरुङ पक्राउ परेका छन् । कार्यालय समयमा आज वडा सचिव भुषालमाथि कुटपिट गरेको अभियोगमा वडाध्यक्ष गुरुङ पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी निरीक्षक सन्तोष केसीले ठाडो निवेदनका आधारमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको जानकारी दिए।
वडाध्यक्षको कुटपिटबाट घाइते सचिव भुषाललाई बन्दीपुर अस्पतालमा प्राथमिक उपचार पश्चात् भरतपुर पठाइएको छ ।
यसैबीच गाउँपालिकाका कर्मचारीले दाेषीमाथि कारवाही नभएसम्म कामकारवाही नगर्ने भएका छन् । साेमबार नै विज्ञप्ती जारी गरी कर्मचारीहरुले आगामी दिनमा यस्ता घटना हुन नदिन साथै कर्मचारीकाे शान्ति सुरक्षाकाे प्रत्यभूतिकाे माग गरेका छन् ।