दमाैली । राष्ट्रिय प्रजातन्त्र दिवसकाे अवसरमा तनहुँकाे दमाैलीमा मङ्गगलबार सरसफाई गरिएकाे छ । दिवस विविध कार्यक्रमका साथ मनाउने निर्णय बमाेजिम दमाैलीका विभिन्न ठाउँमा सरसफाई गरिएकाे हाे ।
सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाही, अन्य सुरक्षा निकायका प्रमुख, विभिन्न सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधिकाे सहभागिता थियाे ।
त्यसक्रममा अनसनचौतारी खुला मैदान, व्यास गुफा, परासर क्षेत्र, दुर्गामन्दिर लाईन एरियामा सरसफाई गरिएकाे जनाइएकाे छ ।