नेपालमा एमसिसी परियोजना स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपालमा एमसिसी परियोजना स्थगित

    खबरपुञ्ज संवाददाता

    ५ फाल्गुन २०८१, मंगलवार

    काठमाडौँ । नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना स्थगित भएको छ। एमसीसीले इमेल लेखेर परियोजना स्थगित भएको अर्थ मन्त्रालयलाई जानकारी गराएको छ।

    अर्थ मन्त्रालयका अनुसार फागुन २ गते एमसीसीले इमेल लेखेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरूमा गरिने आर्थिक सहयोगमा रोक लगाएसँगै एमसीसी परियोजना पनि प्रभावित भएको हो। अर्थ मन्त्रालयले राष्ट्रपति ट्रम्पको २०२५ जनवरी २० को कार्यकारी आदेशबमोजिम एमसीसी परियोजना ९० दिनका लागि स्थगित भएको जनाएको छ।