दमौली । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा तनहुँको दमौलीमा बुधबार प्रभातफेरि निकालिएको छ। प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा प्रभातफेरि निकालिएको हो ।
व्यास-३ प्रशासन चोकबाट सुरु प्रभातफेरि दुर्गा मन्दिर लाइन, न्युरोड, भेटघाटचोक, मालपोत लाइन हुँदै पुन: प्रशासन चोकमा आई समापन भएको थियो । प्रभातफेरिमा संविधान सभा सदस्य, जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतको सहभागिता थियो ।