राप्रपाको आज पोखरामा सभा, तनहुँबाट उल्लेख्य कार्यकर्ता जॉदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राप्रपाको आज पोखरामा सभा, तनहुँबाट उल्लेख्य कार्यकर्ता जॉदै

    खबरपुञ्ज संवाददाता

    ८ फाल्गुन २०८१, शुक्रबार

    दमौली । राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार पोखरामा सभा गर्ने भएको छ । राप्रपाले व्यवस्थाविरुद्ध देशभर भण्डाफोर अभियान सुरु गर्ने घोषणा बमोजिम पहिलो सभा पोखरामा हुँदैछ ।

    यो अभियान वर्तमान व्यवस्था, कुशासन र भ्रष्टाचारको भण्डाफोर गर्नका लागि सुरु गरिएको राप्रपाले जनाएको छ ।

    उक्त सभाका लागि तनहुँबाट उल्लेख्य रुपमा राप्रपा कार्यकर्ता सहभागी हुँदैछन् । तनहुँबाट सात बस, पॉच साना गाडी सहित ३० वटा मोटसाइकलमा कार्यकर्ता पोखरा जाने राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले बताए ।

    सभालाई पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र,महामन्त्री धवल सम्शेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाहीले सम्बोधन गर्नेछन् ।