ऑबुखैरेनीका चार स्थानमा एसइइ तयारी कक्षा सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीका चार स्थानमा एसइइ तयारी कक्षा सञ्चालन

    खबरपुञ्ज संवाददाता

    ९ फाल्गुन २०८१, शनिबार

    दमौली । ऑबुखैरेनी गाउँपालिकाले पालिकाका चार स्थानमा एसइइ तयारी कक्षा सञ्चालन गरेको छ। गाउँपालिकाले फागुन १ गतेदेखि चार स्थानमा फागुन १ गतेदेखि तयारी कक्षा र छात्रावास सञ्चालन गरेको हो ।

    एसइइ नतिजा सुधारका लागि पालिकाले पालिका-समुदाय साझेदारी कार्यक्रमलाई अगाडी बढाएको अध्यक्ष शुक्र चुमानले बताए ।

    जसअनुसार ऑबुखैरेनी-६ हिलेखर्कस्थित कन्यादेवी माविमा सञ्चालित छात्रावासको सम्पूर्ण व्यवस्थापन पालिकाले गर्नेछ ।

    लक्ष्मी मावि प्युघरमा सञ्चालित छात्रावासको कोचिङ शुल्क गाऊँपालिकाले र खानपानको व्यवस्थापन अभिभावकले गर्ने चुमानले जानकारी दिए ।

    ऑबुखैरेनी-४ भॉगेस्थित छिम्केश्वरी माविका विद्यार्थीहरु रामशाह माविको छात्रावासमा सहभागी हुने र रामशाह मावि र मित्रता मावि सत्रसयमा सञ्चालित छात्रावासमा अधिकतम कोचिङ शुल्क गाऊँपालिकाले र आंशिक कोचिङ शुल्क अभिभावकले व्यवस्थापन गर्ने समझदारी भएको छ।

    उद्योग वाणिज्य संघ-बजार इकाईको नेतृत्वमा निजी संघ, संस्थाहरुले खाद्यान्न सामग्रीहरुको व्यवस्थापन गर्ने समझदारी भएको चुमानले उल्लेख गरे ।

    सोही बमोजिम शुक्रबार रामशाह मावि र मित्रता मावि छात्रावासका लागि तनहूँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई र तनहूँ उद्योग वाणिज्य संघ सत्रसय बजार इकाईबाट क्रमश: ५० र १० बोरा चामल सहयोग प्राप्त भएको छ ।